काठमाडौँ । सेयर बजार परिसुचकमा लगातार दोस्रो दिन पनि सुधार आएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ अंकमा पुगेको छ । बुधबार ६२ हजार ७६८ पटकको कारोबारमा ७२ लाख २४ हजार ९१७ कित्ता सेयरहरु ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँमा किनबेच भएका छन् ।
मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार निर्जीवन बीमा समूह ९३.५१ अंकले बढ्दा होटल तथा पर्यटन समूह २५.०५ अंकले बढेको छ । व्यापार समूह १०.२८ अंकले, उत्पादन तथा प्रशोधन समूह ९.५४ अंकले, वाणिज्य बैंक समूह ७.१० अंकले बढेको छ ।
यता, विकास बैंक समूह ४५.९६ अंकले घटेको बजारमा वित्त समूह १२.७२ अंकले, जीवन बीमा ९.८१ अंकले, जलविद्युत समूह ९.७४ अंकले, लघुवित्त समूह ७.८२ अंकले र अन्य समूह ६.५३ अंकले घटेको छ ।
इनफिनिटी लघुवित्तको सेयर मूल्य ५.३२ प्रतिशतले बढेको बजारमा नेशनल हाइड्रोपावरको सेयर मूल्य ४.२६ प्रतिशतले, हिमस्टार ऊर्जाको सेयर मूल्य ४.१९ प्रतिशतले र सिद्धार्थ बैंकको सेयर मूल्य ३.९७ प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि गरिमा विकास लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशतले घटेको छ । कर्पाेरेट विकास बैंकको सेयर मूल्य ४.०४ प्रतिशत, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ३.६५ प्रतिशत, लुम्बिनी विकास बैंकको सेयर मूल्य ३.५७ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एसवाई प्यानल १४ करोड ४९ लाख ५३ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा तेह्रथुम पावर २ लाख ६२ हजार ५८५ इकाइको कारोबार सहित अग्र स्थानमा रहँदा कारोबार संख्याको आधारमा एसवाई प्यानल १६ हजार २५२ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पुँजीकरण ४३ खर्ब ४१ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पुँजीकरण ४३ खर्ब ३९ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया