गरिमा विकास बैंक सम्मानित : डिजिटल बैंकिङ्ग कारोबारमा अग्रणी


काठमाडौा। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा गरिमा विकास बैंक लिमिटेड लाई आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल तथा चेक कारोबार गरेको आधारमा सम्मानित गरिएको छ । एनसीएचएल तर्फबाट प्रदान गरिएको डिजिटल बैंकिङ्ग उत्कृष्टता अवार्ड बैंकले डिजिटल सेवा विस्तारमा प्रगतिशील भूमिका निर्वाह गरेको मान्यतास्वरुप प्रदान गरिएको हो।

पुस ०८ गते काठमाडौंमा सम्पन्न समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरे। अवार्डले डिजिटल बैंकिङ्ग सेवालाई अझ प्राविधिक, प्रभावकारी र ग्राहकमैत्री बनाउने बैंकको लक्ष्यलाई थप उर्जा मिलेको बैंकले जनाएको छ।

यसअघि पनि बैंकले डिजिटल रूपान्तरण र बैंकिङ सेवा विस्तारका क्षेत्रमा निरन्तर अग्रसरता कायम राख्दै, २०८२ भदौमा नयाँ दिल्लीमा आयोजित “उदीयमान एसिया बैंकिङ सम्मेलन तथा अवार्ड” मा ‘श्रेष्ठ बैंक’ सहित ३ विधामा अवार्ड हासिल गरिसकेको थियो।

हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा अत्याधुनिक डिजिटल माध्यममार्फत करिब ९ लाखभन्दा बढी ग्राहकलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गरिरहेको छ। समयानुकूल नवीनतम प्रविधिमै आधारित बैंकिङ्ग सेवामा निरन्तर सुधार र विस्तार गर्दै जाने बैंकको प्रतिबद्धता छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।