अपराध अनुसन्धानमा सहयोगका कारण नेपाल प्रहरीद्वारा इसेवा सम्मानित


काठमाडौँ । नेपाल प्रहरीले नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अनुसन्धानका साथै साइबर सुरक्षामा योगदान दिएका कारण इसेवालाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।

७० औँ प्रहरी दिवस २०८२ को अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा इसेवालाई उक्त कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र ग्रहण गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा, साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा इसेवा निरन्तर प्रतिबद्ध रहेको बताउँदै नेपाल प्रहरीको सम्मानले यसलाई थप पुष्टि गरेको बताए।

साथै, उनले त्यसविरुद्धका कार्यमा इसेवाको शून्य सहनशीलता रहने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा इसेवाका सेवाहरूलाई थप ग्राहकमैत्री, सुरक्षित र भरपर्दो बनाउँदै डिजिटल अर्थतन्त्रको निर्माणमा इसेवाले निरन्तर योगदान दिइरहने बताए।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।