
सिवाईसी लघुवित्तले विभिन्न पदहरुमा ७८ जना कर्मचारी माग गरेको छ।
लघुवित्तले व्यवस्थापकीय श्रेणी अन्र्तगत नायव कार्यकारी प्रमुख १ जना, वरिष्ठ प्रवन्धक प्रशासन विभाग प्रमुख १ जना, प्रवन्धक-मानव श्रोत व्यवस्थापन विभाग, कर्जा विभाग र आ.ले.प. विभाग प्रमुख ३ जना र सहायक प्रवन्धक-वित्त विभाग योजना अनुगमन तथा मुल्याङकन विभाग प्रमुख २ जना गरी जम्मा ७ जना माग गरेको हो ।
त्यस्तै अधिकृत श्रेणी तर्फ शाखा प्रमुख २० जना, बरिष्ठ सहायक तर्फ सहायक शाखा प्रमुख १० जना, कनिष्ठ सहायक श्रेणी तर्फ जुनीयर केन्द्र व्यवस्थापक १५ जना, सहायक श्रेणी तर्फ सहायक प्रशिक्षार्थी १५ जना, सहयोगी श्रेणी अन्तर्गत कार्यालय सहयोगी १० र सवारी चालक १ जना गरी ७१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले फागुन ५ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ । आवेदन फारम लघुवित्तको वेवसाईटबाट प्राप्त गर्न सकिन्छ फारम संस्थाको ईमेल मार्फत पठाउनु पर्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया