स्रोत नखुलेको ३८ लाख नगद र २२ लाखको चेकसहित ५ जना पक्राउ

0
Shares

प्रहरीले स्रोत नखुलेको नगद र चेक सहित ५ जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो प्रहरीले काठमाडौं २२ न्यूरोडबाट ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड १ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा ११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु ७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।

शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला परेको हो।
उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण बिभाग पुल्चोक पठाइने वृत्तले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।