आकर्षक छुट र सुविधासहित हुन्डाई नेपालले ल्यायो ‘वीन्टर डिलाइट’ अभियान


काठमाडौँ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई वीन्टर डिलाइट’ अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यस ‘वीन्टर डिलाइट’ अभियान अन्तर्गत, ग्राहकहरुले ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा १ लाख सम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सकिनेछ।
हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ । जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन हुन्डाई नेपालले आफ्ना ग्राहकहरूलाई आमन्त्रण गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा संचालित यस योजनाले आकर्षक छुट र सुविधाहरु मार्फत ग्राहकहरुलाई हर्ष र उमंग बाँड्ने प्रयास गरेको छ।

विगतमा जस्तै भविष्यमा पनि कम्पनीले सदैव आफ्ना ग्राहक प्रति सहज सुविधा र मैत्री अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।