क्यानडा पठाइदिन्छु भन्दै ९० लाख ७१ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३० शिसुवा बस्ने पर्वत मोदी ७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
बिश्वकर्माले युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु पठाइसकेको भन्दै कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाइदिन्छु भन्दै उक्त रकम ठगी गरेका थिए ।
विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १० रामबजारबाट मंगलबार पक्राउ गरेको हो ।
बिश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको प्रहरीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया