महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले माघ १६ गते शुक्रबार माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन गरेको छ ।

पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने ८ हजार ६११ मिटर अग्लो विश्वको दोस्रो अग्लो हिमाल चढ्ने समूहलाई बैंकले सम्मान गरेको हो ।

उक्त टोलीले केटूको हिँउद याम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा माउन्ट केटू आरोहण समूहलाई पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका थिए ।

हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए ।

उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।