सरकारले राजस्व चुहावट नियन्त्रणका लागि केही समय अघिमात्र सञ्चालनमा ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस)मा प्रविष्टि नगरी मालबस्तु ढुवानी गर्ने १९ कम्पनीलाई जरिवाना गरेको छ ।
राजस्व अनुसन्धान विभागले माघ ७ र ८ गते गरेको अनुगमन प्रतिवेदनका अनुसार विभिन्न १९ कम्पनीले भीसीटीएसमा प्रविष्ट नगरी मालबस्तु ढुवानी गरेको भेटिएपछि नगद जरिवाना गरेको हो ।
विभागले १९ कम्पनीलाई कुल २४ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार ती कम्पनीहरुलाई राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ अनुसार २५ हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना गरेको हो ।
विभागले व्यवसाय गर्ने सम्पुर्ण कम्पनी तथा संस्थाहरुले व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पुर्व सवारी र मालवस्तुको संक्षीप्त विवरण भीसीटीएस अनिवर्या प्रविष्ट गरी क्यूआर कोड भएको भीसीटीएस मेनीफेष्टो र सक्कल कागजात राखी मालसामान ओसारपसार गर्न अनुरोध गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया