कोरोना बीमाको दाबी भुक्तानी दायित्व सरकारसम्म पुग्ने

0
Shares

कोरोना बीमा बापत दाबी भुक्तानीको दायित्व सरकारसम्म पुग्ने भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार कोरोना दाबीको लागि परेकोमध्ये करिब आधा दाबी मात्र भुक्तानी भएकाले कोरोना दाबीको दायित्व सरकारसम्म पुग्ने देखिएको हो । समितिका अनुसार हालसम्म ६० हजार ५८४ वटा कोरोना बीमा वापत परेका छन् । जसमध्ये आवश्यक कागजात पुगेका ३१ हजार ९६५ दाबीको ३ अर्ब ११ करोड १२ लाख २० हजार रुपैयाँ भुक्तानी भएको छ । २८ हजार ६१९ जना वटा दाबी भुक्तानी हुन बाँकी छ ।

बीमा समितिको तथ्याकं अनुसार कोरोना बीमा मापदण्ड अनुसार हालसम्म कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, र बीमा समितिबाट उक्त रकम भुक्तानी भएको हो ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी एक अर्बभन्दा माथि दुई अर्ब रुपैयाँसम्म पूनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नुपर्ने व्यवस्था छ ।

दुई अर्ब ५० करोडभन्दा बढीको दाबी परेको खण्डमा थप एक अर्ब अर्थात ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व भुक्तानी बीमा समितिले बहन गर्नुपर्ने हुन्छ । साढे तीन अर्बभन्दा बढीको भुक्तानी परेमा नेपाल सरकारले सरकारले बेहोनुपर्ने प्रावधान छ ।

यसअनुसार माघको तेस्रो हप्तासम्म ३ अर्ब ११ करोड १२ लाख २० हजार रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानी भएको छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले भुक्तानी गर्नुपर्ने दायित्व (३ अर्ब ५० करोड रुपैयाँसम्म) अनुसार ती कम्पनीले ३ अर्ब ११ करोड १२ लाख २० हजार रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

अब बीमितको तर्फबाट पर्नेमध्ये कोरोना दाबी वापतको ३८ करोड ८८ लाख रुपैयाँको भुक्तानी बीमा समितिले गर्नेछ । ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी पर्ने दाबी भुक्तानी सरकारको काँधमा थोपरिने भएको हो । सोही प्रावधान अनुसार कोरोना बीमा दाबी वापत साढे ३ अर्ब रुपैयाँभन्दा सबै रकम सरकारले तिर्नुपर्नेछ ।

हालसम्म ३१ हजारभन्दा बढी दाबी वापत ३ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको आधारमा हेर्दा अब भुक्तानी हुन बाँकी २८ हजार ६०० भन्दा बढी दाबीको भुक्तानीका लागि करिब साढे २ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ । पछिल्लो समय कोरोना संक्रमणदर कम भएको र कार्यविधि संसोधन गरी पहिलो चरणमा २५ हजार र त्यसपछि अस्पतालमा भएको खर्च पेश गरेको आधारमा थप ७५ प्रतिशत रकम उपलब्ध गराउनेगरी कार्यविधि संसोधन गरिएको छ । यसो हुँदा पनि सरकारको काँधमा २ अर्ब रुपैयाँ कोरोना दाबी वापतको रकम भुक्तानी गर्नुपर्ने अवस्था आउने बीमकहरु बताउँछन् ।

समितिको पछिल्लो तथ्याङ्क अनुसार २८ हजार ६१९ जना बीमितलाई कोरोना बीमाको दाबी भुक्तानी हुन बाँकी छ । बाँकी रहेका सबैजसो दाबी भुक्तानी प्राय १ लाख रुपैयाँ बीमांकका रहेको समिति बताउँछन । यद्यपी बीमा गर्नेको संख्या तुलनात्मक रुपमा कम हुँदै गइरहेको बीमा समितिले जनाएको छ ।

कोरोना दाबी भुक्तानी मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी र पूनर्बीमा कम्पनीले आफ्नो भागमा आईपर्ने दाबी भुक्तानीको दायित्व बहन गरिसकेका छन् । समितिले पनि आफ्नो दायित्वमा आई परेको रकम भुक्तानी गरिरहेको छ । समितिले अब ३८ करोड ७८ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ । ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी बीमा समितिले बहन गरेपछि त्यस भन्दा माथिको दायित्व सरकारले बहन गर्नेछ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार हालसम्म ६० हजार ५८४ वटा कोरोना बीमा वापत परेका छन् । जसमध्ये आवश्यक कागजात पुगेका ३१ हजार ९६५ दाबीको ३ अर्ब ११ करोड १२ लाख २० हजार रुपैयाँ भुक्तानी भएको छ ।

बीमा समितिले विश्व महामारी रुपमा फैलिएको कोभिड १९ का कारण विश्व नै आक्रान्त बनेका बेला कोरोना बीमालेख जारी गरेको थियो । हालसम्म कोरोना बीमा गर्नेको संख्या १७ लाख १३ हजार भन्दा बढी रहेको छ । कोरोना बीमा गर्नेमध्ये हालसम्म ६० हजार ५८४ जनालाई पोजेटिभ देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।