काठमाडौँ । यामाहा नेपालले नेपालकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा सह–प्रायोजकको रूपमा प्रवेश गरेको छ। युवापुस्ता तथा स्ट्रीट–कल्चर केन्द्रित मोटरसाइकल ब्रान्डको रूपमा पहिचान बन्दै आएको यामाहाको यस सहकार्यले ब्रान्डको उपस्थिति थप मजबुत बनाउँदै नयाँ पुस्तासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य राखेको छ।
युवा, आत्म–अभिव्यक्ति तथा स्ट्रीट–कल्चरलाई केन्द्रमा राखी अघि बढिरहेको यामाहा नेपालले यस फेस्टिभलमार्फत सिर्जनशीलता, आत्म–पहिचान र जीवनशैलीको उत्सव मनाउने युवा पुस्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गर्नेछ। मोटरसाइकल केवल यात्रा साधन मात्र नभई पहिचान, ऊर्जा र व्यक्तिगत स्टाइलको माध्यम हो भन्ने यामाहाको धारणा नेपालका युवा रायडर र क्रिएटिव समुदायबीच थप सशक्त रूपमा विस्तार हुँदैछ।












प्रतिक्रिया