पाँच महिनमा ७६ अर्ब ९० करोड बीमाशूल्क संकलन, नेपाल लाइफले मात्र कमायो २१ अर्ब


काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ७६ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले १ करोड १५ लाख ३९ हजार १९५ वटा बीमा पोलिसी बिक्री गरी कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कमाएको छ । कम्पनीले यस अवधिमा २१ अर्ब ३७ करोड बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ९ अर्ब २७ करोड बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ८ अर्ब १८ करोड बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ६ अर्ब ९२करोड बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेको छ ।

सिटिजन लाइफले ३ अर्ब २३ करोड बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलाइनस लाइफले २ अर्ब ८० करोड बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले २ अर्ब ६३ करोड बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब ४५ करोड बीमाशुल्क संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ६४ करोड बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।