आइतबार सुनचाँदीको मूल्य बढ्यो

0
Shares

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँ तोकिएको छ।

शुक्रबार छापावाला सुन तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७७, आइतबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।