सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ अंकमा पुगेको छ ।

सोमबार ६९ हजार ५४८ पटकको कारोबारमा ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयरहरु ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँमा किनबेच भएका छन् ।

आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.८० अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ पुगेको थियो ।

सोमबार विकास बैंक समूह ३६.६३ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ । जीवन बीमा समूह सबैभन्दा बढी ११२.१४ अंकले घटेको बजारमा जलविद्युत समूह २६.३५ अंकले, निर्जीवन बीमा समूह २५.१२ अंकले, व्यापार समूह २४.२ अंकले र अन्य समूह १९.५२ अंकले घटेको छ ।

एसवाई प्यानल र ग्लोबल आइएमई समुन्नत योजना २ को सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पाेरेट विकास बैंकको सेयर मूल्य ६.६७ प्रतिशत, सप्तकोशी विकास बैंकको सेयर मूल्य ६.५४ प्रतिशतले र ग्रिन विकास बैंकको सेयर मूल्य ५.८५ प्रतिशतले बढेको छ ।

यता, विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्दा सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ३.८३ प्रतिशतले घटेको छ । मानुषी लघुवित्तको सेयर मूल्य ३.२३ प्रतिशत, सन् नेपाल जीवन बीमा कम्पनीको सेयर मूल्य ३.१७ प्रतिशत र एनआइसी एसिया बैंकको सेयर मूल्य २.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एसवाई प्यानल २३ करोड २ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ङ्यादी ग्रुप पावर ३ लाख २ हजार ९०० इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा एसवाई प्यानल ११ हजार ८१९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ३ अर्ब ८९ करोड ४ लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४४ खर्ब २१ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।