प्राइम लाइफ इन्स्योरेन्स (PLIC) को खुद नाफा गत आवको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २४ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।
कम्पनीले २०७७ पुससम्ममा १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा अर्थात २०७६ पुस मसान्तसम्ममा १५ करोड ६० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा २४.१० प्रतिशतले बढेको हो ।
पुस मसान्तसम्ममा प्राइम लाइफको खुद बीमा शुल्क आम्दानी २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २७ प्रतिशतले धेरै हो ।
चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६.०२ रुपैयाँ कायम भएको छ । यस्तै जगेडा कोषको आकार ६१ करोड ७२ लाख ७१ हजार रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १३१.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.२६ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा १३ अर्ब ९ करोड ६० लाख ४३ हजार रुपैयाँ सञ्चित भएको छ । गत आवको यसै अवधिमा १० अर्ब १३ करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेकोमा २९ प्रतिशतले बढेको हो । गत आवको यसै अपधिमा बीमा कोषमा ८ अर्ब ९० करोड ४१ लाख ४६ हजार रुपैयाँ थियो ।
पुस मसान्तसम्ममा कम्पनीले १ हजार ७२३ वटा दाबी वापत ५४ करोड २२ लाख ५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । ६२ वटा दाबी वापत १ करोड ३७ लाख ७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । कम्पनीमा कुल १७ लाख २५ हजार ४९९ वटा जारी गरेकोमा २ लाख ५४ हजार ९७६ वटा बीमलेख कायम छन् । यसबाट कम्पनीले चालु आवको ६ महिना अवधिमा २ अर्ब ३ करोड ३ लाख १३ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म २० अर्ब ४७ करोढ ८७ लाख ८१ ह्जार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया