काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक वर्ष अवधीका लागि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो ।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । आज बुधबार दिउँसो २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । राष्ट्र बैंकका अनुसार बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।
यसको साँवा भुक्तानी २०८३ पुस १६ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने बैंकले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ ।












प्रतिक्रिया