सानिमा बैंकको ८८ लाख बढी कित्ता शेयर नेप्सेमा थपिएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीलाई वितरण गर्ने बोनश शेयर सूचीकृत भएको हो ।
गत कात्तिक २८ गते सम्पन्न बैंकको १६ औँ वार्षिक साधारण सभाले चुक्तापूँजीको १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको ८८ लाख १३ हजार ८९८ कित्ता बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
उक्त शेयर नेप्सेमा सूचीकृत भएसँगै शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न पाइनेछ । बैंकले साधारण सभा प्रयोजनाको लागि कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गेरेको थियो । यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बोनश शेयर प्राप्त गर्नेछन् ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया