मल्टीपर्पस फाइनान्सको ६ महिनाको नाफा २८ लाख ६४ हजार

0
Shares

मल्टीपर्पस फाइनान्स (MPFL) ले चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २८ लाख ६४ हजार ९४६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा ४७.१२ प्रतिशतले धेरै हो ।

चुक्ता पूँजी २२ करोड ४० लाख ३७ हजार रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ८.०४ रुपैयाँ कायम हुँदा जगेडा कोषमा ४ करोड ६१ लाख २७ लाख रुपैयाँ सञ्चित राखेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १२२.७९ रुपैयाँ छ । यस्तै फाइनान्सको शेयरधनी कोषमा ३ करोड ७ लाख ८५ हजार रुपैयाँ सञ्चित छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ३६ करोड ४५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड २६ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ९२ लाख ७९ हजार रूपैयाँ खुद व्याज आम्दानी र ४० लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको निष्कृय कर्जा अनुपात २.०९ प्रतिशत, पूँजीकोष अनुपात ७४.२८ प्रतिशत, कोष्को लागत ९.७५ प्रतिशत, र आधारदर ११.६९ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।