मापदण्ड पुरा गरेका वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स वितरण गर्न बोर्डको निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले मापदण्ड पुरा गरेका बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

साथै बोर्डले संघिय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय काठमाडौं उपत्यका बाहेकका स्थानहरुमा स्थानीय स्तरमा धितोपत्र व्यवसायीको अनुमति प्रदान गर्न पनि भनेको छ ।

बोर्डले गत पुषमा तयार पारेको पुरानै मापदण्ड बमोजिम धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरणको काम अगाडि बढाउन निर्देशन दिएको हो

नेप्सेमा ब्रोकर लाइसेन्सका लागि एनआईसी एशिया, सानिमा र प्रभु बैंकका सहायक कम्पनीले आवेदन गरिसकेको छन् ।