छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा २७.७९ प्रतिशत अर्थात १३ करोड ३८ लाख रुपैयाँले खुद नाफा बढाएको छ ।
लघुवित्तले चालु आवको ६ महिनामा ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा लघुवित्तले ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा १३ करोड ३८ लाख रुपैयाँले खुद नाफा बढेको हो ।
खुद ब्याज आम्दानीमा गिरावट आएपनि शुल्क कमिशन आयमा वृद्धि तथा सम्भावित कर्जा जोखिम नोक्सानी असुली (राइट ब्याक) गरेपछि छिमेकको खुद नाफामा वृद्धि भएको हो ।
लघुवित्तले पुससम्ममा ९८ करोड ४१ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । गत आवको यसै अवधिमा भने ९८ करोड ७६ लाख ९४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३५ लाख रुपैयाँले घटेको हो ।
यस अवधिमा लघुवित्तले ८२ करोड ३२ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत आवको यसै बेलाको भन्दा ७ करोड ७७ लाख रुपैयाँ धेरै हो । पुस मसान्तसम्म लघुवित्तले १५ करोड ३६ लाख ८५ हजार रुपैयाँ सम्भावित कर्जा जोखिम नोक्सानी असुली गरेपछि खुद नाफामा वृद्धि भएको हो ।
पुस मसान्तसम्ममा लघुवित्तले २० अर्ब ८६ करोड रुपैयाँ निक्षेप र ६ अर्ब १२ करोड रुपैयाँ सापटीबाट २५ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छिमेकको प्रतिशेयर आम्दानी ६७.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४२.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.९७ गुणा छ । लघुवित्तको जगेडा कोषमा २ अर्ब ६१ करोड ४८ लाख ३१ हजार रुपैयाँ छ ।
पुस मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा अनुपात बढेर २.१३ प्रतिशत पुगेको छ । यस्तै निक्षेप संकलन लागत ७.६७ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया