अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस सहित प्रहरी बरिष्ठ हवल्दारलाई नियन्त्रणमा लिएको छ ।
आयोगले महोत्तरीको गौशाला ५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेतलाई सोमबार नियन्त्रणमा लिएको हो ।
हवल्दार बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १५ हजार घुस लिएका थिए ।
आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले हवल्दारलाई घुस लिइ सकेको अवस्थामा सोही नगरपालिकाको निगौल चोकबाट नियन्त्रणमा लिएको हो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया