महालक्ष्मी विकास बैंक (MLBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको माघ २० गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर (बोनसमा लाग्ने कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १९ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

यसअनुसार बैंकले कुल २८ करोड ४५ लाख ६९ हजार ८९१ रुपैयाँ लाभांश वितरण गर्नेछ । हाल ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको बैंकको लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।
अघिल्लो आवबाट बैंकले शेयरधनीलाई ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको लाभांश ८.६३ प्रतिशतले घटेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया