स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

0
Shares

स्वाभिमान लघुवित्त (SMFBS) ले चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको माघ २० गते बसेको सञ्चालक समितिको ५० औं बैठकले फागुन १३ गते बिहीबार सभा डाकेको हो ।

सभा अपरान्ह ३ बजे डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा सञ्चालन गरिने लघुवित्तले जनाएको छ ।

लघुवित्तले आ.व. २०६६/०७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

लाभांश वितरण प्रयाजनका लागि लघुवित्तले माघ ३० गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार माघ २९ गते बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश र सभामा उपस्थित हुन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।