कोरोना बीमाको दाबी भुक्तानी रकम ३५ हजारले बुझे

0
Shares

कोरोना बीमा गर्ने ३५ हजार भन्दा बढी बीमितले कोरोना बीमाको दाबी भुक्तानी रकम पाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ १० गते मंगलबारसम्म ३५ हजार ४ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३० हजार २७० जना बीमितलाई तीन अर्ब ३८ करोड ७७ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।

समितिका अनुसार माघ ९ गतेसम्म कारोना बीमामा ६४ हजार २९५ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३७५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ६४३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ९ हजार ७९२ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने २ हजार १३१ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ३१३ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ६४३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।