सुनचाँदीको मूल्य बुधबार घट्यो

0
Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुन तोलाको भाउ प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार र मंगलबार स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार ६०० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।