टिसीएल नेपालले गर्यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्न पाउने विजेता सार्वजनिक


काठमाडौँ । टिसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको उत्साहसँग जोड्ने उद्देश्यले कम्पनीले देशभर लागू गरेको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरेको हो ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुस्कर अवस्थी हुन्। उनले सुभेक्षा ट्रेड एण्ड सप्लायर्स टिसीएलको आधिकारिक बिक्रेताबाट टिसीएल एसी खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए।

योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने जानकारी दिएको छ।

कम्पनीले क्याम्पेनमार्फत आफ्ना उपभोक्तालाई केवल इलेक्ट्रोनिक उत्पादन मात्र नभई विश्वस्तरीय क्रिकेट अनुभव र अविस्मरणीय यात्रा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार मुम्बईमै आयोजना हुने नेपाल टोलीका खेलहरूले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष बनाएको छ।

क्याम्पेनमा सहभागी हुन टीसिएलका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएस मार्फत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सीमित अवधिका लागि लागू गरिएको यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टिसीएलका उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।

कम्पनीले उपभोक्तालाई सकेसम्म छिटो टिसीएलका उत्पादन खरिद गरी सहभागिता जनाउन आग्रह गरेको छ । किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी टी२० विश्वकप अन्तर्गत ५ दिन ४ रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।