कर्मचारीमाथि भएको अभद्र व्यवहारले बैंकिङ क्षेत्रलाई नै नकारात्मक असर पार्यो : एनआईसी एशिया


काठमाडौँ ।  एनआईसी एशिया बैंकको इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटना प्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको बैंकले जनाएको छ ।

बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पु¥याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानूनद्वारा बर्जित गम्भीर कृयाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्याइरहेको बैंकिङ क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको बैंकले जनाएको छ ।

‘कुनै पनि वहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग यस बैंक हार्दिक अनुरोध गर्दछ’ बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।