काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहिबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण पारित गरेको छ। साथै, आव २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार आव २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५ प्रतिशतका दरले हुने ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ नगद लाभांश (कर प्रयोजनसमेतका लागि) वितरण गर्ने निर्णय गरेको छ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा नियमनकारी निकायबाट आवश्यक परेमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ। साथै, आव २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गरिएको छ।
सभामा बोल्दै अध्यक्ष डा.अर्यालले कम्पनीको निरन्तर प्रगति र सफलतामा सहयोग पुर्याउने शेयरधनी, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था र सबै शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे।












प्रतिक्रिया