आमहड्ताल घोषणापछि नेप्से धरमरायो, बिक्री चापले दोस्रो ठूलो कारोबार

0
Shares

सत्तारुढ दल नेकपा विभाजनको असर शेयर बजारमा देखिएको छ । नेकपाबाट विभाजित प्रचण्ड-माधव समुहले बिहीबार आमहड्ताल गर्ने सूचना प्रवाहित भएपछि बुधबार सुरुवातदेखि नै ओरोलो लाग्न थालेको नेप्से ६.८१ अंकले घटेर बन्द भएको छ ।

दिउँसो २ बजे आमहड्ताल घोषणा गर्ने समय सार्वजनिक भएसँगै बुधबार सोही बेला नेप्से दिनभरिकै न्यूनतम बिन्दु २४५८ बिन्दुसम्म झरेकोमा बजार बन्द हुँदासम्म न्यूनतम बिन्दुभन्दा ८ अंकले बढेर बन्द भएको हो ।

प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर सरकारले काममा खटाएपछि नेकपाको दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सो समुहले पुर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आमहड्ताल र माघ २८ गते राजधानीमा बृहत प्रदर्शन गर्ने घोषणा गरेको छ ।

आज २०२ कम्पनीका २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ ह्जार ५५९ पटक खरीद बिक्री हुँदा ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँ बराबरको कराोबार भएको छ । यो रकम नेप्सेमा हालसम्म भएको दोस्रो ठूलो कारोबार हो । यसअघि माघ १५ गते बिहीबार एकैदिन ८ अर्ब ८९ करोड बढीको शेयर कारोबारमा आएको थियो ।

नेप्से उच्चतम अंकमा पुगेको बखत आन्दोलनको घोषणापछि नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा शेयर बजारमा बुधबार दोस्रो ठूलो कारोबार भएको हो ।

यसदिन जलविद्युत, बैंकिङ्ग, लघुवित्त र म्युचुअल फण्ड बाहेक बाँकी ८ वटा उपसमुहको सूचक ऋणात्मक बनेका छन् । ब्यापार २.२१ प्रतिशतले घटेको बजारमा होटल, वित्त, उत्पादन, जीवन बीमाको सूचक पनि १ प्रतिशतभन्दा धेरैले ऋणात्मक रह्यो ।

  • ग्लोबल आइएमई बैंकको उच्च कारोबार

बुधबार को बजारमा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ । यसदिन बैंकको १३ लाख ९१ हजार ६०० कित्ता शेयर ५६ करोड १९ लाख २६ हजार रुपैयाँमा खरीद बिक्री भएको छ ।

यसैगरी पुनर्बीमा कम्पनीको ३२ करोड ७० लाख ८१ हजार, अरुण काबेलीको ३० करोड ४८ लाख २२ हजार, र नेपाल टेलिकको ३० करोड ७ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भयो ।

नेपाल बैंक, नेपाल लाइफ, शिखर इन्स्योरेन्स, सेञ्चुरी कमर्सियल बैंक, प्रभु लाइफ र रिmायन्स लाइफ इन्स्योरेन्स शीर्ष ठूलो कारोबार गर्ने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको रिलायन्सको १७ करोड ४८ लाख बढीको शेयर खरीद बिक्री भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-02-03 15:00:00
GBIME 561,924,212.00 400.00
NRIC 327,081,028.00 1,606.00
AKPL 304,822,142.00 327.00
NTC 300,742,230.00 1,449.00
NBL 271,065,492.00 388.00
NLIC 211,993,591.00 2,274.00
SICL 195,025,987.00 2,578.00
CCBL 188,001,371.00 258.00
PLI 183,997,208.00 926.00
RLI 174,814,543.00 775.0
  • चार लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

यसदिन स्वाभिमान लघुवित्त, जनउत्थान सामुदायिक, उन्नति सहकार्य, र महुली लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै अरुण काबेली, जनरल इन्स्योरेन्स, सानिमा माइ हाइड्रो, राधी विद्युत कम्पनी, ग्लोबल आइएमई बैंक र सर्पोट लघुवित्तको शेयरमूल्य बढेको छ । दशौं धेरै शेयरमूल्य बढढेको सपोर्ट लघुवित्तको ४.९७ प्रतिशतले मूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-03 15:00:00
SMFBS 2,552.00 232.00 10.00
JSLBB 3,405.00 309.00 9.98
USLB 2,116.00 192.00 9.98
MSLB 2,350.00 210.00 9.81
AKPL 327.00 22.00 7.21
GIC 726.00 35.00 5.07
SHPC 356.00 17.00 5.01
RADHI 315.00 15.00 5.00
GBIME 400.00 19.00 4.99
SMB 2,174.00 103.00 4.97
  • पोखरा फाइनान्सका लगानीकर्ताले धेरै गुमाए

बुधबारको बजारमा पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको शेयरमूल्य ७.८८ प्रतिशतले घटेर २६९ रुपैयाँमा झरेको हो ।

यस्तै नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस, प्रोगेशिभ फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन जनरल, लक्ष्मी लघुवित्त, एनसीसी बैंक, पुनर्बीमा कम्पनी र गुडविल फाइनान्सको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-03 15:00:00
PFL 269.00 -23.00 -7.88
NABBC 632.00 -29.00 -4.39
MPFL 199.00 -8.00 -3.86
PROFL 162.00 -6.00 -3.57
UMHL 168.00 -6.00 -3.45
HGI 722.00 -25.00 -3.35
LLBS 1,620.00 -56.00 -3.34
NCCB 315.00 -10.00 -3.08
NRIC 1,606.00 -46.00 -2.78
GFCL 245.00 -7.00 -2.78

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।