एक लाख ४ हजार भारतीय नोट सहित एक पक्राउ

0
Shares

प्रहरीले प्रतिबन्धित १ लाख ४ हजार भारतीय नोट सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक न.पा. ९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटि रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेका अजयलाई अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो ।

अजयलाई बिराटनगर १७ मटेरुवाबाट बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।