काठमाडौँ | चालु आर्थिक वर्षको मंसिर महिनामा वार्षिक विन्दुगत मुद्रास्फीतिमा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा मुद्रास्फीति घट्नुमा विशेषगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा आएको गिरावटलाई मुख्य कारण मानिएको छ ।
खाद्य वस्तुको मूल्य ऋणात्मक
तथ्याङ्कअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ, अर्थात् गत वर्षको तुलनामा यो समूहका वस्तुहरूको मूल्य घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस समूहको मुद्रास्फीति ९.९९ प्रतिशतको उच्च बिन्दुमा थियो । अर्कोतर्फ, गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३.१२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो । यसले समग्रमा बजारमा महँगीको चाप घटेको देखाउँछ ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।










प्रतिक्रिया