नाइमाले सम्पन्न गर्‍यो मोबिलिटी संवादको नवौँ श्रृङ्खला


काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पस प्रमुख डा। खेम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा “नेपालमा अटोमोबाइल उत्पादन तथा असेंब्लीको सम्भावना, चुनौती र नीतिगत पक्ष” विषयमा केन्द्रित रही छलफल गरिएको थियो।

करिब २ सय जनाको सहभागिता रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इञ्जिनियर लक्ष्मण पालिखेल सहभागी थिए। वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए। समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारी तथा नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए। उाीहरूले आधुनिक सवारी प्रविधिबारे सचेतना र तालिम आवश्यक रहेको उल्लेख गरे।

नाइमाले यस्ता संवादलाई निरन्तरता दिँदै मोबिलिटी तथा अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबीच सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।