महुली लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा २ करोड ३ लाख ५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको ८३.६१ प्रतिशतले खुद नाफा बढेको हो ।
चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३९.९६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२५.४७ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा २३ करोड ४१ लख रुपैयाँ सञ्चित छ ।
पुस मसान्तसम्मको यसअवधिमा लघुवित्तले ९ करोड ६४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ४ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको यसै अवधिमा ८ करोड ९७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ३ करोड ३१ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ३ प्रतिशत पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया