सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ तथा नवौँ बार्षिक सााधारण सम्पन्न


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा २५ गते शुक्रवार, अमृतभोग केटरर्स प्रालि कालिकास्थानमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।

उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक बर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो । उक्त साधारण सभामा संचालक किरण केसीबाट धन्यवाद ज्ञापन गरिएको थियो । उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए ।

 

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।