उपकार लघुवित्तको नाफा करिब ४ करोड

0
Shares

उपकार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९३ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको यसै अवधिमा १ करोड ८ लाख १७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १८७.१९ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १० करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्मको यसअवधिमा लघुवित्तले ६ करोड १६ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेपनि कर्जा नोक्सानी व्यवस्था वापत ३ करोड ९१ लख नोक्सानी राख्दा सञ्चालन नाफा ३ करोड ४१ लाख ऋणात्मक बनेको छ । यद्यपी ४ करोड ३ लाख खराब कर्जा उठाएपछि लघुवित्त नाफा पुगेको हो ।

पुस मसान्तसम्ममा खराब कर्जा अनुपात ३.२२ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।