
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य थप घटेको छ ।
नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । यसअघि बुधबार पनि सुनको भाउ ६०० रुपैयाँले घटेको थियो ।
बिहीबारका लागि छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३०० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाला सुन तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । बुधबार चाँदीको मूल्य ६० रुपैयाँले घटेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया