काठमाडौँ । यहि मंसीर २९ गते देखि एल जी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो ।
यहि फेब्रुअरी ७ देखि इंडिया र श्रीलंका मा हुन गैरहेको विश्वकप क्रिकेट लक्षित गरि एल जी नेपाल ले घोसणा गरेको क्याम्पेनको को दोस्रो चरण को बिजेताहरु घोसणा गरेको छ । नेपाल अधिराज्य भरि लागु भएको यस बिशेष योजना मा एल जी नेपालले अधिराज्य भरि बाट दोस्रो चरण को ४ जना भाग्यसाली बिजेताहरु छनोट गरेको छ ।
दोस्रो चरण को बिजेताहरुमा काठमाडौँ चाबहिल निवासी धिरज बस्नेत वहाले एसपाएर इलेक्ट्रोनिक्स कालिमाटी बाट टिभी खरिद गरेका थिए, त्यसैगरि बिराटनगर निवासी प्रमिला तिम्सिनाले एल जी शोपि बिराटनगर बाट रेफ्रीजेरेटर खरिद गरेकी थिइन्, वलिङ्ग निवासी माधव न्यौपानेले डि.के इलेक्ट्रोनिक्स सप्लायेर्स बाट वाशिंग मेसिन खरिद गरेका थिए र प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनल बाट वाशिंग मेसिन खरिद गरेका थिए ।
यस योजना अन्तर्गत एलजी को कुनै पनि समान खरिद गर्दा ग्राहकवर्गहरु ले वान्खेड़े स्टडीयम मुम्बई मा नेपाल को कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । नेपालको पहिलो चरण को सबै खेल मुम्बई मा हुन गैरहेको छ ।
तसर्थ एल जी ले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेट प्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने जानकारी गराउदैछौ,जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ।












प्रतिक्रिया