साताको अन्तिम कारोबार दिन शेयर बजारमा लघुवित्त र ब्यापार उपसमुहमा सूचीकृत कम्पनीको शेयरमा आकर्षण देखिएको छ । दुबैको सूचक २ प्रतिशतभन्दा धेरैले बढेका छन् ।
बिहीबार साढे १ घण्टा कारोबार अवधिमा शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीको सूचीमा ७ लघुवित्त कम्पनी रहेका छन् छन् ३ वटा जलविद्युत कम्पनी समेटिएका छन् । आज सूर्योदय, जनउत्थान सामुदायिक, महुली, उन्नति सहकार्य, फस्ट माइक्रोफाइनान्स, ग्रामीण विकास र लक्ष्मी लघुवित्तको शेयरमूल्यमा ९ प्रतिशतभन्दा धेरैले सुधार आएको हो । राधी विद्युत, बरुण हाइड्रोपावर र सिनर्जी पावर कम्पनी पनि मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
डेढ घण्टा अवधिमा नेप्सेमा १९४ कम्पनीका ५५ लाख २६ हजार कित्ता शेयर २ अर्ब ६४ करोड बढीको शेयर खरीद बिक्री भएका छन् । यस अवधिमा जनउत्थान लघुवित्तको १९ करोड बढीको शेयर कारोबार भएको छ । लघुवित्तले ५२ प्रतिशत लाभांश वितरण गरेपछि शेयरमूल्यमा उच्च वृद्धिसँगै दिनप्रतिदिन कारोबार रकम बढ्न थालेको हो ।
यस अवधिमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य भने ६ प्रतिशतले घटेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया