आत्मनिर्भर लघुवित्तले चालु आवको ६ महिना अवधिमा ३ करोड ५८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
दाङको घोराहीमा रजिष्यटर्ड कार्यालय रहेको लघुवित्तले समीक्षा अवधिमा २ करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड ९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । २ करोड ४५ लाख रुपैयाँ खराब कर्जा असुली गर्दा लघुवित्तको सञ्चालन नाफाभन्दा खुद नाफा उच्च बनेको हो ।
चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७०.५४ रुपैयाँ रहेको छ । ६ महिना अवधिमा नै पूँजीको ८५ प्रतिशत नाफा कमाउने यो लघुवित्त नेप्सेमा सूचीकृत छैन । लघुवित्तले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।
लघुवित्तको खराब कर्जा अनुपात ४.५८ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया