एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईमा आवेदन गरेका लगानीकर्ताको हितग्राही खातामा माघ २० गते इकाई जम्मा गरिएको छ ।
योजना व्यवस्थापक एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मंसिर १२ गतेदेखि मंसिर १६ गतेसम्म बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त इकाई खरीदका लागि ७९ हजार ५१४ जना आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५७० कित्ता इकाईका लागि आवेदन परेको थियो । जसमा १०० इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग बमोजिम इकाई बाँडफाँड गरिएको थियो ।
१० लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिएको थियो । त्यस्तै, बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाईदेखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० कित्ता थप गरि कुल ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको बिक्री प्रबन्ध एनआईसी एशिया क्यापिटले जनाएको छ ।
फण्डको कोष प्रबद्र्धक एनआईसी एशिया बैंक रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया