काठमाडौँ । माइडियाले भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्न पाउने विशेष उपभोक्ता योजना अन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई आधुनिक घरेलु प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको उत्साहसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “किन्नुहोस्, जित्नुहोस्, यात्रा गर्नुहोस्” अभियानअन्तर्गत विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिलो चरणका विजेता दिवस लामिछाने हुन्। उनले न्यु भिजन इलेक्ट्रोनिक्स, काठमाडौँबाट माइडिया ब्रान्डको रेफ्रिजेरेटर खरिद गरी उक्त अभियानमा सहभागिता जनाएका थिए।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे रंगशालामा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई यात्रा खर्च, होटल बसोबास, खेल प्रवेशपत्र तथा आवश्यक सम्पूर्ण खर्च माइडिया नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।
यसै अभियानअन्तर्गत माइडियाले उपभोक्ताका लागि आकर्षक सुविधा तथा छुटहरू पनि उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार नागरिकताको आधारमा सरल किस्ताबन्दी सुविधा, पुरानो सामान साटेर नयाँ किन्न सकिने साटफेर सुविधा, तथा वासिङ मेसिन खरिद गर्दा कपडा धुने साबुन निःशुल्क उपलब्ध गराइएको छ।
सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै धेरै विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ। माइडियाले उपभोक्तालाई नजिकको आधिकारिक विक्रेता बाट उत्पादन खरिद गरी समयमै अभियानमा सहभागिता जनाउन आग्रह गरेको छ।
सहभागी हुनका लागि खरिदपश्चात् आवश्यक विवरण मोबाइल सन्देश (एसएमएस) वा ह्वाट्सएप मार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ। छिटो गर्नुहोस्, यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ।
नेपालमा लामो समयदेखि सञ्चालन हुँदै आएको माइडिया ब्रान्डले कपडा धुने मेसिन, फ्रिज, धुलो सफा गर्ने उपकरण, धुवाँ निकास यन्त्र, माइक्रोवेभ चुल्हो लगायतका घरायसी विद्युतीय उपकरणमार्फत उपभोक्तामाझ बलियो विश्वास कायम गर्दै आएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि, गुणस्तर तथा सुदृढ सेवा सञ्जालका कारण माइडियाका उत्पादनहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्।
कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन्।












प्रतिक्रिया