नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको चुक्ता पूँजीको १०.२७ प्रतिशतले हुन आउने ९६ लाख ५ हजार ९९७ दशमलव ३५ कित्ता बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
बिहीबार बोनस शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन् ।
एनसीसी बैंकको माघ ९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.२६९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २१ गते बुकक्लोज गरेको गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको बोनस शेयर पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया