निरन्तर सुधारको बाटोमा रहेको शेयर बजारमा राजनीतिक हडतालको असर पर्नसक्ने अनुमानहरुका विपरित बिहीबारको शेयर बजारमा हरियाली छाएको छ।
अघिल्लो दिन आमहड्ताल घोषणा गरिएपछि धरमराएको शेयर बजारमा लगानीकर्ता संयमित हुँदा बिहीबार आठ अंकले सुधार आएको छ ।

बुधबार प्रचण्ड-नेपाल समूहको नेकपाले बिहीबार आम हडताल गर्ने घोषणा गरेपछि बिहीबार देशभरकै जनजिवन प्रभावित भएको थियो । तर शेयर बजार भने ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा बन्द भएको छ।
कारोबारमा आएका अधिकांस समुहमा सुधार आएपछि समग्र बजार बढेको हो।१२ उपसमूह मध्ये साताको अन्तिम दिन बिहिबार ६ उपसमूहको सूचक ओरालो लागेको छ भने ६ उपसमूहको सूचक बढे्को छ ।
यसदिन २०१ कम्पनीको एक करोड ८७ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएका छन्। बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
बजारको सामान्य बढेपनि दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । सूर्योदय लघुवित्त, समिट लघुवित्त, जनउत्थान लघुवित्त, माहुली लघुवित्त, उन्नती लघुवित्त, नेशनल माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, किसान लघुवित्त, ग्रामिण विकास लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा बढी ३.५७ प्रतिशतले घटेको छ ।कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, नबिल व्यालेन्स फण्ड तथा मेगा बैंक लगायतका कम्पनीको शेयर मूल्य धेरै घट्या्े ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया