साठी प्रतिशत हकप्रद बिक्री गर्न लागेको प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव बिना सत्रौ बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा भदौ १ गते आइतबार आदर्शनगर विरगञ्जमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीले कुनै लाभांश प्रस्ताव बिना साधारण सभा बोलाएको छ । साधारण सभामा आर्थिक वर्ष ०७४/०७५ को प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको नियुक्ती गर्ने र ख समूह अन्तर्गत रिक्त्त संचालक चयन गर्ने प्रस्ताव रहेका छन् ।

साधारण सभाका लागि कम्पनीले साउन २० गतेदेखि शेयर दाखिला खारेज बन्द गर्ने जनाएको छ ।

गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको थियो । कम्पनीको हकप्रद निष्कासनको प्रक्रियामा रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० बराबर ६ कित्ता अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्काशन गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ। यससँगै कम्पनीको चुक्ता पूँजी नियामक निकाय बीमा समितिले तोके बमोजिम कायम हुने भएको छ।