नेपाली सेनाले दुई सय कर्मचारी माग गरेको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले बिहीबार रिक्त रहेको अधिकृत क्याडेट पदका लागि दुई सय कर्मचारी मागेको हो ।
आवेदन मागेको सो संख्यामा समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ ।
खुल्ला १०५, महिला १८, आदिवासि जनजाती २९, मधेशी २५, दलित १४ र पिछडिएको क्षेत्र ४ गरी कुल दुई सय जना कर्मचारी माग गरिएको नेपाली सेना द्धारा जारी विज्ञापनमा उल्लेख छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २२ गतेदेखि फागुन २१ ग्तेसम्म र दोब्बर दस्तुर बुझाई फागुन २२ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ । प्रमाण पत्र तह वा स्नातक तह वा सो सहर उर्तिण वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन् ।
प्रमाणपत्र वा सो सरह शैक्षिक योग्यता भएका आवेदनकर्ताको हकमा १८ वर्ष पूरा भई २१ ननाघेको तथा स्नातक वा सो सरह योग्यता भएकाको हकमा १८ वर्ष पूरा भई २४ ननाघेको हुनुपर्ने छ ।
आवेदनकर्ताले खुलातर्फ अनिवार्य रुपले फाराम भर्नुपर्ने र सो बापत एक हजार रुपैयाँ दस्तुर लाग्ने छ । यदि कुनै आवेदनकर्ताले समावेशीतर्फ समेत फाराम भर्न चाहेमा सो वापत प्रत्येक समूहका लागि थप २० प्रतिशतका दरले दस्तुर लाग्ने जनाईएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया