सारथि लघुवित्तको नाफा एक करोड ७९ लाख

0
Shares

सारथि लघुवित्तले गत आर्थिक वर्षमा एक करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिमा लघुवित्त २४ लाख नोक्सानीमा थियो ।

लघुवित्तको चुक्ता पूँजी ७ करोड र जगेडा कोषमा एक करोड ५२ लाख सञ्चित छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६६ पैसा छ ।

समीक्षा अवधिमा १९ करोड ५५ लाख निक्षेप सकलन, ६२ करोड ५० लाख सापटीबाट ८० करोड ४४ लाख कर्जा लगानी गरेको छ। दुई करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तको खर्चपछिको सञ्चालन नाफा एक करोड ८४ लाख छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.१६, पूँजीकोष अनुपात ९.७० र कोषको लागत १३.४० प्रतिशत रहेको छ ।