सातामा २ करोड ६२ लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेप्सेमा यो हप्ता पाँच कम्पनीको २ करोड ६२ लाख ४५ हजार २ सय ८५ दशमलव ८३ कित्ता शेयर सूचीकृत भएको छ । जसमध्ये तीन कम्पनीको बोनस शेयर र दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यसै हप्ता दुई वाणीज्य बैंक सहित एक हाइड्रोले बोनस शेयर सूचीकृत गराएको छ । यस्तै दुई फाइनान्सको हकप्रद पनि यसै साता सूचीकृत भएको छ ।

यस साता सानिमा बैंकको ८८ लाख १ हजार ३८० दशमलव ९८ कित्ता, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ९६ लाख ५ हजार ९९७ दशमलव ३५ कित्ता र चिलिमे हाइड्रोपावर कम्पनीको ५७ लाख ९ हजार ७६२ दशमलव २५ कित्ता र बोनस शेयर सूचीकृत गराएका हुन् ।

यस्तै समृद्धी फाइनान्सको ४ लाख ३० हजार ६३९ कित्ता र नेपाल फाइनान्सले १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।