अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या १३ हजार पुग्यो

0
Shares

नेप्सेले संचालन गरेको अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या १३ हजार पुगेको छ ।

नेप्सेका अनुसार अनलाइन संचालनमा आएको साढे आठ महिनाको अवधिमा १२ हजार ९९८ जनाले यो सेवा लिएका छन् ।

नेप्सेका अनुसार पछिल्लो एक सातामा मात्र १ हजार ८३८ जना लगानीकर्ता अनलाइन प्रणालीमा आवद्ध भएका छन् ।

नेप्सेले अनलाइनबाट कसरी कारोबार गर्ने भन्ने जानकारी सहितको भिडियो सामाग्री प्रचारमा ल्याएपछि लगानीकर्ताहरु अनलाइन प्रणालीमा आवद्ध हुने क्रम बढेको छ ।

कतिपय लगानीकर्ताहरुले अनलाइन प्रणालीमा आवद्ध भएपनि राम्रोसँग संचालन गर्न नजान्दा कारोबारमा ब्रोकरकै भर पर्नुपर्ने अवस्था छ । अनलाइन लिनेको संख्या बढ्दै जाँदा अनलाइनको माध्यमबाट कारोबार हुने क्रम पनि बढ्न थालेको छ ।

नेपाल शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन भन्दै २०७४ कार्तिक २० गतेदेखि नेप्सेको पूर्ण स्वस्चालित अनलाईन कारोबार प्रणाली औपचारिक सञ्चालनमा ल्याइएको थियो।

यसरी गर्न सकिन्छ घरमै बसी अनलाईन प्रणाली मार्फत शेयर कारोबार (भिडियोमा हेर्नुहोस् )