टिभीएस अपाचे रेसिङ एक्सपिरियन्स अब नेपालमा


काठमाडौँ । दुई पाङ्ग्रे सवारी साधन निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा पहिलो पटक टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको शुभारम्भ गरेको छ। टिभीएस अपाचे सिरिजले २० वर्ष पुरा गरेको अवसरमा आयोजित यो कार्यक्रमले नेपाली युवा राइडरहरूलाई व्यावसायीक रेसिङको अनुभव लिने ढोका खोलिदिएको छ।

साटुंगलस्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरुमा आयोजित पहिलो चरणको छनोटमा ६० जना राइडरहरूले आफ्नो कौशल प्रदर्शन गरेका थिए। कार्यक्रममा २०० भन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यस प्रतियोगितालाई दुई विधामा विभाजन गरिएको थियोस् १। १६० सीसी वर्ग २। २०० सीसी वर्ग १० वटा चुनौतीपूर्ण मोडहरू भएको ट्र्याकमा सबैभन्दा कम समयमा ल्याप पुरा गर्ने आधारमा विजेताहरू छानिएका थिए। दुवै वर्गका शीर्ष तीन विजेताहरूलाई जनही २५,००० रुपैयाँ नगद पुरस्कार र विशेष टिभीएस मोटर रेसिङ गियरु प्रदान गरियो।

यस छनोट चरणका विजेताहरूले सन् २०२६ को अप्रिलमा भारतको चेन्नईस्थित प्रसिद्ध ‘माद्रास इन्टरनेशनल सर्किटमा हुने’ एआरई जीपीको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

रेसिङ प्रतियोगिताका साथै कार्यक्रममा स्टन्ट शो, ह्विली र्याम्प र जिमखाना जस्ता साहसिक गतिविधिहरू पनि समावेश थिए। साँझपख डिजे सुजन, डिजे किरण र डिजे सबिनको सांगीतिक प्रस्तुतिले सहभागी र दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालका अनुसार, यस प्रकारको अन्तर्राष्ट्रिय रेसिङ प्लेटफर्मले नेपालका स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ।

त्यस्तै, टिभीएस मोटर कम्पनीका प्रिमियम बिजनेस प्रमुख विमल सुम्ब्लीले अपाचेको २० वर्षे यात्रामा नेपालको मोटरस्पोर्ट्स समुदायले देखाएको उत्साहको प्रशंसा गर्दै यसले नेपालमा रेसिङ संस्कृतिको जग बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।