सिजी ब्रान्डको ‘वर्ल्डकप योजना’ अन्तर्गत दोस्रो चरणको विजेताहरू सार्वजनिक


काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ योजना अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा दोस्रो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको हो ।

यस दोस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत कैलालीका आकाश कुँवर र रुपन्देहीका मन्दिप पोख्रेल विजेता बन्न सफल भएका छन् ।

कैलालीका आकाश कुँवरले धनगढी, कैलाली स्थित न्यु मनिषा इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सबाट सिजी ब्रान्डको म्युजिक सिस्टम खरिद गरी सहभागिता जनाएका थिए भने रुपन्देहीका मन्दिप पोख्रेलले भलबारी, रुपन्देही स्थित भुवन इलेक्ट्रिकल्सबाट सिजी ब्रान्डको ४३ इन्चको टेलिभिजन खरिद गरेका थिए ।

कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । यस भ्रमण प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा एमएमएस पठाउनुपर्नेछ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।